Byroad News

Loading...

माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) ले जबज नमान्ने घोषणा


माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) ले जबज नमान्ने घोषणा

काठमाडौं/८ भदौ
माधव कुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जनताको बहुदलीय जनबाद (जबज) नमान्ने भएको छ। चन्द्रागिरि रिसोर्टमा भएको भेलाले जबज नमान्ने घोषणा गरेको हो।

चन्द्रागिरि रिसोर्टमा पुगेका ३२ जना संघीय सांसदसहितका ६० जना नेताहरुले पार्टीको घोषणापत्र तथा नियमावली, अन्तरिम विधान २०७८ र राजनीतिक प्रस्ताव मंगलबार पारित गर्ने भएका छन्।

चन्द्रागिरिको आवासीय बैठकले उक्त प्रस्तावहरुलाई मंगलबार पारित गर्नका लागि सोमबार नै उनीहरुलाई अध्ययनका लागि चार वटै प्रस्तावहरु बाँडिएको थियो।

बुधबार सनाखतका लागि निर्वाचन आयोगले बोलाएका कारण मंगलबार नै प्रस्तावहरु पारित गर्ने तयारीमा नेपाल समूह रहेको छ।

Comments

KATHMANDU WEATHER