थाहानगर/७ भदौ
आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशका स्थानीय तहमध्ये बेरुजु फर्स्यौटमा रामेछापको रामेछाप नगरपालिका पहिलो भएको छ ।
महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा १ सय १९ वटा स्थानीय तह भएको बागमती प्रदेशको रामेछाप नगरपालिका प्रदेशका सबै स्थानीय मध्ये बेरुजु कम आउनेमा पहिलो नम्बरमा परेको हो ।
महालेखाले रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा २ अर्व २ करोड २६ लाख १४ हजारको लेखापरिक्षण गर्दा ६० लाख ४१ हजार अर्थात ० दशमलब ३० प्रतिशत मात्रै बेरुजु आएको छ भने अन्य स्थानीय तहको ० दशमलव ४३ प्रतिशत भन्दा माथि रहेको छ ।
१ सय १९ स्थानीय तह भएपनि यो वर्ष ९८ ओटा स्थानीय तहहरुको मात्रै लेखापरीक्षण भएको छ । जसमा बेरुजु कम ल्याउने स्थानीय तहमा रामेछापको रामेछाप नगरपालिका पहिलो नम्बरमा हुँदा काभ्रेपलान्चोकको महाभारत गाउँपालिका दोस्रो, मकवानपुरको थाहा नगरपालिका तेस्रो, चितवनको कालिका नगरपालिका चौथो र सिन्धुलीको मरिण गाउँपालिका पाँचौ नम्बरमा परेका छन् ।
त्यस्तै सबै भन्दा बढी बेरुजु आउने स्थानीय तहको पहिलो नम्बरमा दोलखाको बैतेश्वर गाउँपालिका परेको छ । महालेखाले बैतेश्वर गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा ८८ करोड ५८ लाख ६० हजार रुपियाँको लेखापरिक्षण गर्दा १२ करोड ४८ लाख ४२ हजार आर्थत १४ दशमलब ०९ प्रतिशत बेरुजु आएको छ । त्यस्तै सबै भन्दा बढी बेरुजु आउने अन्य चार स्थानीय तहमा क्रमशः काठमाण्डौँ महानगरपालिका, नुवाकोटको तादी गाउँपालिका, मकवानपुरको बागमती गाउँपालिका र मकवानपुरकै मनहरी गाउँपालिका रहेका छन् ।
१ सय १९ वटा स्थानीय तह भएको बागमती प्रदेशमा रामेछापको १, सिन्धुपाल्चोकको ९, धादिङको ९ र नुवाकोटको २ गरी २१ स्थानीय तहको लेखापरीक्षण गर्न बाँकी रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
-
2 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments