Byroad News

Loading...

नेपाललाई साथ नदिएका एमाले नेताहरू ओलीसँग वार्ता गर्न बालकोटमा


नेपाललाई साथ नदिएका एमाले नेताहरू ओलीसँग वार्ता गर्न बालकोटमा

काठमाडौं/७ भदौ
नयाँ पार्टी गठन गर्दा माधव नेपाललाई साथ नदिएका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुग्नु भएको छ । 

ओलीसँग वार्ता गर्न एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताहरू बालकोट पुग्नु भएको हो । 

नेपाललाई साथ नदिएका नेताले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयनको घोषणा गर्न ओलीलाई समय दिनु भएको छ । 

उहाँहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरेको काबाही फिर्ता गर्न माग गर्दै पार्टी गठनको निर्णयबाट पछि हट्न नेपाललाई आग्रह गर्नु भएको छ । 

बुधबार नेपालसहित नयाँ पार्टीमा बस्न चाहने नेतालाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ।

Comments

KATHMANDU WEATHER