हेटौंडा/६ भदौ
अपहरणमा परेका हेटौंडाका दुई जनाको सकुशल उद्धार गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ स्वागत टोल बस्ने २३ वर्षीय गोबिन्द श्रेष्ठ र सोही स्थान बस्ने २२ वर्षीय पवन राना मगरको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
श्रेष्ठ र मगरलाई गएको भदौ ३ गते राती तीन जना भारतीय नागरिकले हेटौंडा-१० बसपार्कबाट अपहरण गरेका थिए । उनीहरुलाई अपहरण गरी भारतको मोतीहारी पुर्याइएको थियो ।
अपहरणकारीले दुबै जनालाई भारतको मोतीहारीमा बन्धक बनाई भारु पाँच लाख फिरौती समेत माग गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
अपहरणमा परेका दुबै जनालाई शनिबार भारतीय प्रहरीको सहयोगमा सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रवक्ता रिमालले बताउनु भयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
-
23 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments