थाहानगर/५ भदौ
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ थाहानगर कमिटी संयोजकमा प्रदिप भट्ट छानिनु भएको छ ।
५ भदौमा हेटौंडामा सम्पन्न जिल्ला भेलाले बज्रबाराही निवासी भट्टलाई नगर संयोजकमा चुनिएको हो । भट्ट विद्यार्थी राजनीतिदेखि एमालेमा सक्रिय युवा हुनुहुन्छ । अनेरास्ववियु बज्रबाराही मावि प्रारम्भिक कमिटीबाट राजनीतिक यात्रा सुरु गर्नु भएका भट्ट पछिल्लो समय युवा संघमा सक्रिय रहनु भएको छ ।
यसैबीच, ५ भदौमा हेटौंडामा सम्पन्न जिल्ला भेलाले थाहानगरका २४ जना युवालाई जिल्ला कमिटीमा मनोनित गरेको छ ।
जिल्ला कमिटीमा सुजन कार्की, रबिन्द्र नापित, रमन श्रेष्ठ, आइते बल, कपुर बल, रबिन्द्र कार्की, इस्फ केसी, विश्वराज थिङ, लक्ष्मण बर्तौला, राजेश थापा, नवीन कार्की, शम्भु खत्री, राजेश बलामीलाई मनोनित गरिएको युवा संघले जनाएको छ
यसैगरी, हेम लामा, विश्व गोले, बिनोद कार्की, मिनबहादुर पाख्रीन, पासाङ लामा, अनित बिष्ट, कृष्ण मोक्तान, सुवाष लामा, जुनेली थिङ र अषेश लामा मनोनितमा पर्नु भएको छ । ५ भदौमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा ३ सय ११ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको थियो ।
-
23 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments