Byroad News

Loading...

राष्ट्रिय युवा संघ मकवानपुरको घोषणा, सचिवमा लामिछाने, ३ सय ११ सदस्य जिल्ला कमिटी


राष्ट्रिय युवा संघ मकवानपुरको घोषणा, सचिवमा लामिछाने, ३ सय ११ सदस्य जिल्ला कमिटी

हेटौडा/५ भदौ
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको जिल्ला कमिटी घोषणा भएको छ । 

आज हेटौडामा कार्यक्रमको गरि ३ सय ११ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो । जिल्ला सदस्यहरुको ५ भदौमै सपथग्रहण समेत गरिएको छ ।

भेलाले कृष्ण लामिछानेलाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ । यस अघिको युवा भेलाले लक्ष्मण उप्रेतीलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो । भेलालले ३५ सदस्यीय सचिवालय समेत निर्माण गरेको छ भने १० वटै स्थानीय तहका संयोजक पनि चयन गरेको छ ।

कार्यक्रममा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले नेपालको विकास गर्न एमालेको सरकार पुनः अपरिहार्य रहेको बताउनु भयो । नेपालमा विकासको मुहान एमाले सरकारको पालामा मात्र फुट्ने भन्दै उहाँले षड्यन्त्रबाट केपी ओली सरकारलाई ढालिएको भएपनि आउँदो निर्वाचनमा एमालेले अत्याधिक मतसहित फेरी देशको सक्ता सञ्चालन गर्ने बताउनु भयो । 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले देशको अबको राजनीति युवाको हातमा आएको बताउनु भयो । युवा सक्रिय भए देश अघि बढ्ने भन्दै उहाँले अब देशभरका युवाको नेतृत्वको लागि युवा संघ सक्रिय भएर अघि बढनुपर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष अमित लामाले युवा संघ नेपाल अब राजनीतिसँगै उत्पादनमा पनि जोडिने बताउनु भयो । 

कार्यक्रममा नेकपा बागमती प्रदेश सदस्य रघुनाथ खुलाल, एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला समितिको नाम एमाले मकवानपुरका सचिवालय सदस्य सुनिल मोक्तानले घोषणा गरेका थिए ।

Comments

KATHMANDU WEATHER