Byroad News

Loading...

मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो


मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो

काठमाडौं/५ भदौ
वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिबार काठमाडौँ ल्याइएको छ । 

८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ । 

केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।

Comments

KATHMANDU WEATHER