Byroad News

Loading...

माधव नेपाललाई हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्न नदिन एमालेको निर्वाचन आयोगसँग माग


माधव नेपाललाई हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्न नदिन एमालेको निर्वाचन आयोगसँग माग

काठमाडौं/४ भाद्र
नेकपा एमालेले माधव नेपाल समूहलाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ ।
 
एमालेकातर्फबाट निवेदन लिएर अधिवक्ता बाबुराम दाहाल शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुग्नु भएको थियो । 

दाहालले कार्यालयमा दर्ता गरेको पत्रमा एमालेको नामसँग मिल्ने गरी माधव नेपाल समूहलाई पार्टीको नाम दर्ता नगर्न माग गरिएको छ । निवेदनमा राजनीति दलसम्बन्धी ऐनको दफा ९ अनुसार एमालेले प्रयोग गर्दै आएको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत नेपाल समूहलाई प्रयोग गर्न नमिल्ने उल्लेख छ । 

एमालेले बुझाएको पत्रमा १४ जना सांसदलाई पार्टीले कारबाही गरिसकेको हुनाले उनीहरुलाई २० प्रतिशतमा गणना गर्न नमिल्ने समेत जिकिर गरिएको छ । 

कारबाहीमा परेका १४ सांसदमध्ये ९ जना केन्द्रीय सदस्य रहेकाले उनीहरुलाई २०३ सदस्यीय केन्द्रीय सदस्यको प्रतिशतमा गणना गर्न नमिल्ने जिकिर गरिएको छ । 

Comments

KATHMANDU WEATHER