Byroad News

Loading...

बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त


बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त

हेटौंडा/४ भदौ
बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम संखुवासभाका यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त गर्नु भएको हो । 

सरकारकै सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १६५ को उपधार (१) को खण्ड (ख) बमोजिम यसअघिका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

शर्मा नेकपा एमालेको विदेश विभागका पूर्वसचिव हुनुहुन्छ । उहाँले लामो समय माधवकुमार नेपालको सचिवालयमा रहेर काम गर्नु भएको थियो । त्यस्तै, वामदेव गौतम र मदन भण्डारीको सचिवालयमा रहेर पनि काम गर्नु भएका शर्माले अंग्रेजी विषयको प्राध्यापन गर्दै आउनु भएको थियो । 

Comments

KATHMANDU WEATHER