Byroad News

Loading...

माधव नेपालले आफ्नो पार्टीको नाम एमाले हटाएर नेकपा एकीकृत (समाजवादी) राख्ने


माधव नेपालले आफ्नो पार्टीको नाम एमाले हटाएर नेकपा एकीकृत (समाजवादी) राख्ने

काठमाडौं/४ भदौ
माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । 

यसअघि नेकपा एमाले (समाजवादी) नाम राखिएकोमा अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।

राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । त्यस्तै, ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पुर्‍याइएको छ ।

चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन । नयाँ पार्टीका लागि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो ।

Comments

KATHMANDU WEATHER