Byroad News

Loading...

तीन जना फरार प्रतिवादीहरु पक्राउ


तीन जना फरार प्रतिवादीहरु पक्राउ

थाहानगर/३ भदौ
मकवानपुर जिल्ला अदालतले विभिन्न मितिमा दोषि ठहर गरी कैद तथा जरिवानाको फैसला सुनाएका तीन जना फरार प्रतिवादीहरुलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरको मिति २०७७ साउन ११ गतेको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद र ३ हजार रुपियाँ जरिवाना गरिएका हेटौंडा १० बस्ने बर्ष ३४  को सन्तोष साहलाई  पक्राउ गरिएको छ । 

यसैगरी, मकवानपुर जिल्ला अदालतको मिति २०७५ असार १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद र २ हजार रुपियाँ जरिवाना भुक्तान गर्न बाँकी हेटौंडा १२ बस्ने बर्ष २७ को उद्धव तिवारीलाई पनि पक्राउ गरेको छ ।  

यसैगरी, जिल्ला अदालत हेटौडाको मिति २०७३ भदौ १५ गतेको फैसलाले लागुऔषध खैरो हिरोईन मुद्दामा २ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी जिल्ला मकवानपुर हेटौंडा ५ बस्ने बर्ष २६ को प्रदिप राज कार्कीलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ परेका प्रतिवादीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुरमा बुझाइएको मकवानपुर प्रहरी प्रवक्ता जयश्विर रिमालले जानकारी दिनुभयो । 
 

Comments

KATHMANDU WEATHER