हेटौंडा/३ भदौ
पूर्वपश्चिम राजमार्ग अन्तरर्गत हेटोंडाको चुरियामाईमा बसको ब्रेक फेल हुँदा दुर्घटना भएको छ ।
मकवानपुर र बाराको सिमाना चुरियामाई मन्दिर ओरालोमा बसको ब्रेक फेल भई दुर्घटना हुँदा बसका चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बस चालक हेटौंडा ८ कमानेका ४९ बर्षीय धर्मराज रेग्मी रहेका छन् । उनको उपचारका लागि हेटौंडा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएका छन् ।
काठमाडौंबाट रौतहटको बंकुलतर्फ जाँदै गरेको ना ६ ख ४६४१ नम्बरको बस दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको हेटौंडाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
बसको ब्रेक फेल हुँदा सोहि दिशातर्फ गइरहेको मोटरसाइकललाई सकेत ठक्कर दिएको हो । बागमती प्रदेश ०३—००१ प ४११ नम्बरको मोटरसाइकल बसको ठक्करबाट मोटरसाइक चालक हेटौंडा चौकीटोलका ३५ बर्षीय इन्द्रबहादुर कार्की घाइते भएको साथै उनको हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
-
22 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments