रसुवा/३ भदौ
रसुवाको नैकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँडामा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।
आज बिहान करिब साँढे ३ बजेतिर पहिरोले स्थानीय श्यामबहादुर गलानको घर पुरिएको थियो।
स्थानीयले गलानलाई उद्धार गरेका थिए। उनलाई थप उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ।
पहिरोमा परेर गलानकी श्रीमती ३२ की कमला गलानको मृत्यु भएको छ। उनको शव पहिरोबाट बाहिर निकालिसकेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
आमा कमला र कान्छी छोरी ८ वर्षकी सुकमाया गलानको शव फेला परिसकेको प्रहरीले जनाएको छ ।
अर्की छोरी ११ वर्षीय शोविता गलान र छोरा ७ वर्षका आशिष गलान भने अझै बेपत्ता छन्। उनीहरू पहिरोमा परेको आशंकामा खोजी कार्य जारी छ।
पहिरोले एक तले जस्ताले छाएको घर पुरिएको हो। घरमा सुतिरहेका उनीहरूलाई पहिरोले पुरेको हो। घटनास्थलमा प्रहरी पुगिसकेको छ।
-
22 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments