काठमाडौं/२ भदौ
६८ वर्षीया अष्टलक्ष्मी शाक्य २०१० सालमा काठमाडौंको नेवार परिवारमा जन्मिनु भएको हो । दशैंको अष्टमीको दिन जन्मेकाले उनको नाम अष्टलक्ष्मी राखिएको उहाँ आफैले बताउने गर्नु हुन्छ ।
२०२९ सालमा एसएलसी पास गर्नु भएका अष्टलक्ष्मी २०३६ सालमा घर छोडेर पूर्णकालीन राजनीतिमा लाग्नु भएको थियो । भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलामका पक्राउ पर्नु भयो र पछि अखिल नेपाल महिला संघको अध्यक्ष समेत हुनुभयो । शाक्य निरन्तर रुपमा पार्टीमा सक्रिय महिला नेतृ मध्येमा पर्नु हुन्छ ।
शाक्य २०५४ साल र २०७१ सालमा भएको संविधानसभा निर्वाचनमा सांसदमा निर्वाचित हुनु भएको थियो । यसअघि दुईपटक मन्त्री भइ सक्नु भएका शाक्य गत २०७४ सालमा भएको प्रदेश सभामा काठमाडौ निर्वाचन क्षेत्र ८ (ख) बाट निर्वाचित हुनु भयो ।
उक्त निर्वाचन लगत्तै मुख्यमन्त्रीमा दावी गर्नु भएका शाक्यलाई त्यसबेला एमालेको भागवण्डा नमिल्दा डोरमणि पौडेल मुख्यमन्त्री बन्नु भएपछि उहाँ प्रदेशसभा सदस्यमै सीमित हुनुभयो ।
पञ्चायतकालमा झण्डै ११ वर्षसम्म भूमिगत जीवन बिताउनु भएका शाक्यले २०३७ सालमा पार्टीकै नेता अमृतकुमार बोहोरासँग विवाह गर्नु भयो । बोहरा एमालेका स्थायी समिति सदस्य तथा एमाले अनुशासन आयोगका अध्यक्ष समेत हुनुहुन्छ । उहाँ माधव नेपाल समुहका भनेर चिनिएपनि बुधबार नेपालले गठन गरेको नयाँ पार्टी नेकपा एमाले (समाजवादी)मा सहभागी हुनुहुन्न ।
-
22 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments