काठमाडौं/२ भदौ
नेकपा एमाले विभाजन भएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भइसक्दा पनि माधव नेपाल पक्षकै केही नेताहरू भने अझै एमाले एकताको विकल्प नभएको भन्दै दौडधुपमा व्यस्त हुनुहुन्छ ।
यी नेताहरू अझैसम्म केपी ओलीले माधव नेपालमाथिको कारबाही फिर्ता लिनुहुन्छ र एमाले एक हुन्छ भन्ने आशमा हुनुहुन्छ ।
बुधबार अपराह्न माधवकुमार नेपालसहितका नेताहरू नेकपा एमाले (समाजवादी ) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुग्नु भएको बेला मध्यमार्गी भनेर चिनिएका माधव नेपाल पक्षका केही नेताहरू बेग्लै छलफलमा जुट्नु भएको थियो ।
यसरी अन्तिम घडीमा आएर माधव नेपालको साथ छाड्नेहरूमा घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीसमेत हुनुहुन्छ ।
यसैबीच माधवकुमार नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेको केही समयपछि नै नेता घनश्याम भुसाल केपी ओलीलाई भेट्न बालकोट जानु भएको थियो ।
एमालेका वरिष्ठ नेता रहेका माधव कुमार नेपालले यसअघि भुसाललाई नयाँ पार्टीको महासचिव बन्न प्रस्ताव गर्नु भएको थियो । नेता भुसालले नमानेको अवस्थामा सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने नेता नेपालको चाहना थियो । तर, बुधबार पार्टी पुनर्गठनका क्रममा भुसाल र पाण्डे दुवैले नेता नेपाललाई साथ दिनु भएन ।
अघिल्लो साता सुरेन्द्र पाण्डेलाई भेट्न केपी ओली पक्षका एक नेता पाण्डेकै निवासमा पुग्नु भएको थियो । त्यसबेला पाण्डेले आफू माधव नेपालतिर लागेर फसेको गुनासो गर्नु भएको थियो ।
त्यस्तै नेता भुसालले पार्टी विभाजन नगरी एमालेभित्रै अन्तरसंघर्ष गर्नुपर्ने बताउँदै आउनु भएको थियो । मंगलबार १४ सांसदमाथि एमालेले कारबाही गर्ने बेलासम्म पनि भुसालले ओलीसँग कुरा गरेर कारबाही रोक्ने आश्वासन माधव नेपाललाई दिनु भएको थियो ।
-
22 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments