Byroad News

Loading...

डोरमणी पौडेलले आजै मुख्यमन्त्रीबाट राजीनामा दिने, मन्त्रीपरिषद बैठक बस्दै


डोरमणी पौडेलले आजै मुख्यमन्त्रीबाट राजीनामा दिने, मन्त्रीपरिषद बैठक बस्दै

हेटौंडा/२ भदौ
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आजै मुख्यमन्त्रीको पदबाट राजीनामा दिनु हुने भएको छ । 

कार्यकाल सकिन डेढ वर्ष बाँकी रहेको अवस्थामा नेकपा एमालेको राष्ट्रिय राजनीतिमा आएको फुटको कारण मुख्यमन्त्री पौडेलले बागमती प्रदेशको मुख्यमन्त्रीबाट आजै राजिनामा दिनु हुने भएको हो । 

आज भएको संसदीय दलको बैठकमा उहाँले राजीनामा दिनुभएपछि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने गरि संसदीय दलको नेता चयन गरिएको छ । 

पौडेल अहिले अन्तिम क्याविनेट बैठकमा सहभागि हुनु भएको छ । उहाँले आजै प्रदेश प्रमुख समक्ष राजीनामा दिने तयारी भएको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER