काठमाडौं/१ भदौ
अमेरिका पटाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं. ९ स्थायी घर भएका हाल काठमाडौँ वडा नं. ३१ तीनकुने बस्ने ५९ वर्षीय लालबहादुर कार्कीलाई झापाको शान्तिचोकबाट प्रहरीले सोमबार पक्राउ गरेको हो ।
कार्कीले पाँचथर तुम्बेवा गाउँपालिका वडा नं. ५ हाङ्गुम बस्ने ३० वर्षीय ध्रुव कुमार राईलाई भिजिट भिसामा दुबईहुँदै अमेरिका जान ४० लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपियाँ तलब हुने जागिर लगाइदिन्छु भन्दै राईबाट ११ लाख ५० हजार रुपियाँ रकम लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
कार्कीले ठगी गरेकाले वैदेशिक रोजगार विभागबाट प्रहरी कार्यालयमा पक्राउ गरी उपस्थित गराई दिन भन्दै पत्र आएकाले महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा लालबहादुर कार्कीलाई झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ शान्तिचोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ ।
-
22 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments