Byroad News

Loading...

काबुलबाट उद्वार गरेका १२७ नेपाली काठमाडौं आइपुगे


काबुलबाट उद्वार गरेका १२७ नेपाली काठमाडौं आइपुगे

काठमाडौं/१ भाद्र
अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

अमेरिकी चार्टर बिमानमा उनीहरू मंगलबार त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएको थियो । तीमध्ये १ सय २७ जना मंगलबार बिहान नेपाल आइपुगेका हुन् ।

एफएसआई वर्ल्डवाइड नेपाल कम्पनीले यी सुरक्षागार्डलाई अमेरिकी दूतावासमा काम गर्ने गरी अफगानिस्तान पठाएको थियो । उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने छ ।

Comments

KATHMANDU WEATHER