Byroad News

Loading...

मकवानपुरमा आजबाट थप भएको निषेधाज्ञा निकै खुकुलो


मकवानपुरमा आजबाट थप भएको निषेधाज्ञा निकै खुकुलो

हेटौंडा/१ भदौ
मकवानपुरमा तीन महिनादेखि जारी निषेधाज्ञा आजबाट निकै खुकुलो भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको जिल्ला कोभिड १९ संकट व्यवस्थापनले जारी निषेधाज्ञालाई आजबाट निकै खुकुलो गरेको छ । आजबाट थप भएको निषेधाज्ञा भदौ १० गते राति १२ बजेसम्म जारी गरिएको छ ।

आजबाट खुकुलो गरिएको निषेधाज्ञा पसल खोल्ने समय बढाइएको छ । आजबाट थपिएको निषेधाज्ञामा अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्न, मान्छा, मासु, तरकारी, फलफुल, दुध, पानी अण्डा पसलहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म खोल्न पाइने र गैरखाद्यान्न तथा अन्य पसलहरु दिउँसो १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न पाइने प्रशासनले जनाएको छ ।

यसअघि प्रशासनले अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्न, मान्छा, मासु, तरकारी, फलफुल, दुध, पानी अण्डा पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म खोल्न र गरैखाद्यान्न तथा अन्य पसलहरु दिउँसो १२ बजेदेखि बेलुका ४ बजेसम्म संचालन गर्न दिएको थियो ।

यसैगरि प्रशासनले जिल्लाभित्र चल्ने निजी तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली निरन्तरता दिएको छ । बैंक तथा वित्तिय संस्था लगायतका संस्थाहरुलाई बिहान १० बजेबाट २ बजेसम्म संचालन गर्न अनुमति दिएको छ ।

जिल्लामा हालसम्म १४ हजार ३ सय १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने १३ हजार ६ सय ८७ जनाले कोरोना जितेका छन् । जिल्लामा हाल ४ सय ३६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ३ सय ९५ जना घरमा र ३६ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ५५ जनाको मृत्यु भएको छ ।

Comments

KATHMANDU WEATHER