Byroad News

Loading...

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै


एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडौं/१ भदौ
नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्ने भएको छ।

सरकारले गए राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गरेको अवस्थामा एमालेले स्थायी र संसदीय दलको बैठक बोलाएको छ।

स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजे तुलसीलाल स्मृति भवनमा बस्ने र आजै अपरान्ह ३ बजे बानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार नेताहरूबीच अनौपचारिक कुराकानी भएपछि स्थायी र संसदीय दलको बैठक बोलाउने निर्णय भएको थियो।

एमाले नेता छविलाल विश्वकर्माका अनुसार स्थायी कमिटी बैठक आज बिहान ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा र संसदीय दलको बैठक अपरान्ह ३ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। 

साथै अध्यक्ष ओलीले सोमबार बेलुकी वक्तव्य जारी गर्दै सरकारले हठात प्रतिनिधि सभा अधिवेशन अन्त्य गरेकोमा विरोध गरेका छन्। एमाले विभाजनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै अध्यक्ष ओलीले विरोध गरेका छन्।

Comments

KATHMANDU WEATHER