Byroad News

Loading...

आज मकवानपुरमा ११५ जना बिना मास्कलाई कार्वाही, थाहामा पनि १२ जना कार्वाहीमा


आज मकवानपुरमा ११५ जना बिना मास्कलाई कार्वाही, थाहामा पनि १२ जना कार्वाहीमा

थाहानगर/३२ साउन
मकवानपुर प्रहरीले आज ३२ साउनमा मास्क विना बजारमा हिडिरहेका ११५ जनालाई कार्वाही गरेको छ । उनीहरुलाई जनही १ सय रुपियाँका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरि, थाहानगरमा पनि बिना मास्क हिडेका १२ जनालाई जनही १ सय रुपियाँका दरले जरिवाना गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताउनु भयो ।

यसैगरि, मकवानपुर प्रहरीले आज हेटौंडामा तोकिएको बाहेकका समयमा पसल खोलेका २ जना व्यवसायीलाई नियन्त्रणमा लिई कार्वाही प्रक्रिया सुरु गरेको छ ।

थाहानगरमा पनि बेलुकी ६ बजेपछि पसल खुल्ला रहेको पाइएमा नियन्त्रणमा लिएर कार्वाही गरिने जनाएको छ । मकवानपुर प्रहरीले आज ५६६ वटा मास्क वितरण गरेको छ ।

Comments

KATHMANDU WEATHER