काठमाडौं/३२ साउन
सुनसरी, ईटहरी उपमहानगरपालिका १३ कालिमन्दिर चोकमा ना ४ ख ८३७१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री मोरङ बिराटनगर महानगरपालिका ६ बस्ने ६० वर्षीया भुल्की देवि कामतको आइतबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, महोत्तरी, गौशाला नगरपालिका १ रामनगरस्थित सडकमा बा ६ च ४६१७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय रापुकार महतोको घटनास्थलमै आइतबार साँझ मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, मकवानपुर, मनहरी गाउँपालिका ८ पिसपार्कस्थित सडकमा ना ४७ प ४४६२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका ८ सिमपानी बस्ने ८० वर्षीय यज्ञ प्रसाद घिमिरेको आइतबार साँझ मृत्यु भएको छ । ठक्कबार गम्भीर घाइते भएका उनको मनकामना अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, सिन्धुली, सुनकोसी गाउँपालिका ६ घुमाउने चैनपुरस्थित सडकमा प्र ३—०२—११ प २७९३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६६ वर्षीया सिता माया बरालको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै काठमाडौं थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, धादिङ, गल्छि गाउँपालिका ६ बैरेनीस्थित सडकमा बा ३ ख ४०१४ नम्बरको बस र टिएन ५२ के ३३९८ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा बसमा सवार सोलुखुम्बु माहाकुलुङ गाउँपालिका ३ बस्ने २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बुढिगण्डकी अस्पताल गल्छि हुँदै काठमाडौं ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १२ जनामध्ये ९ जनाको काठमाडौं ट्रमा सेन्टरमा तथा ३ जनाको बुढिगण्डकी अस्पताल गल्छीमा उपचार भइरहेको छ ।
-
22 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments