एजेन्सी/३१ साउन
भारतको महाराष्ट्रको यवतमाल जिल्लामा एक युवकले आफूले बनाएको हेलिकप्टरमा उड्न खोज्दा मृत्यु भएको छ।
उनी विगत २ बर्षदेखि हेलिकप्टर बनाउने काममा जुटेका थिए। कक्षा ८ को पढाइपछि स्कूल छोडेका युवाले हेलिकप्टर बनाएका थिए । उनको चासो प्रविधिमा थियो । त्यसैले उनी स्कूल जान छोडेर सस्तो हेलिकप्टर बनाउने इच्छा गर्ने तिर लागे । उनको इच्छा थियो, जुन चिकित्सा आपतकालिन र दुर्गम ग्रामीण क्षेत्रहरुमा जान सकिने हेलिकप्टर बनाउने ।
यवतमालको फुलसावागी गाउँ निवासी इस्माइल शेख इब्राहिम यस हेलिकप्टरको माध्यमबाट आफ्नो सपनाहरु पुरा गर्न चाहन्थे। अगस्त १५ मा, उनी आफ्नो हेलिकप्टर गाउँलेहरुको सामु उडाउन चाहन्थे। मंगलबार, इस्माइलले परीक्षण देखाउनका लागि आफ्ना केही विशेष साथीहरुलाई बोलाएका थिए।
जब उनी हेलिकप्टरमा उड्न खोज्दै थिए, अचानक ब्लेड भित्र बसेका इस्माइलको घाँटीमा पुग्यो । उनको घाँटी चिरियो र मृत्यु भयो ।
-
22 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments