मनहरी/३१ साउन
मकवानपुरको मनहरी गाउँपालिकामा राप्ती खोलाले बगाउदा एक पुरुष बेपत्ता भएका छन् ।
राक्सिराङ ३ लावती घर भएका ४० बर्षीय हिरालाल वाइबालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार बिहान च्याऊ खोज्न गएका ८ जनामध्ये राप्ती खोला तर्ने क्रममा एकजना बेपत्ता भएका हुन् ।
खोलामा बगेका उनको खोजीकार्य गरिए पनि हालसम्म फेला परेका छैनन । अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको प्रहरी उपरीक्षक राठौरले बताउनु भयो ।
Featured News
-
21 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments