Byroad News

Loading...

पाकिस्तानको कराचीमा ग्रिनेड हमला, एकै परिवारका ११ को मृत्यु


पाकिस्तानको कराचीमा ग्रिनेड हमला, एकै परिवारका ११ को मृत्यु

एजेन्सी/३१ साउन
पाकिस्तानको कराची सहरमा ग्रिनेड हमलामा परी एकै परिवारका ११ जनाको मृत्यु भएको छ । हमलामा नौ जना घाइते भएको बीबीसीले जनाएको छ ।

एक मिनी ट्रकमा सवार परिवारका सदस्य विवाहमा सहभागी भएर फर्किरहेका थिए । कराची प्रहरीका अनुसार ग्रिनेड विष्फोट भएको बताइएको छ ।

सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहका सल्लाहकार मुर्तजा वहाब सिद्दीकीले ११ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

Comments

KATHMANDU WEATHER