Byroad News

Loading...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं/३१ साउन
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताइएको छ । शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो । उक्त समूहगत छलफलको निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने छ ।

अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नु भएको छ । उहाँले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नु भएको हो । शनिबारको बैठकमा उहाँले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेस गरिएको छ ।

Comments

KATHMANDU WEATHER