Byroad News

Loading...

हाइटीमा शक्तिशाली भूकम्प


हाइटीमा शक्तिशाली भूकम्प

बीबीसी/३० साउन
हाइटीमा स्थानीय समयअनुसार शनिबार बिहान शक्तिशाली ७.२ रिक्टर स्केलको भूकम्पले कम्तीमा दुई ठूला सहरमा घरहरु तहसनहस भएका छन्।

११ वर्षअघिको भयानक भूकम्पबाट बल्ल तंग्रिँदै गरेको यो क्यारेबियन देशमा शनिबारको भूकम्पले पश्चिमी भागमा क्षति पुर्‍याएको छ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार पेटिट ट्रोउ सहरको पाँच माइल टाढा, राजधानी सहर पोर्ट ओ प्रिन्सभन्दा ८० माइल टाढा भूकम्पले क्षति पुर्‍याएको हो। सात माइलको गहिराइ भएको भुइँचालो २ सय किलोमिटर टाढा जमैकासम्म महसुस गरिएको थियो।

गत जुलाइ ७ मा राष्ट्रपति जोभेनल मसको हत्या भएपछि राजनीतिक संकटबाट गुज्रिरहेको देशमा शनिबार अर्को विपत्ति आएको हो।

लेस कायेस र जेरेमिन दुई सहरमा ठूलो क्षति भएको बताइए पनि अहिलेसम्म मानवीय क्षतिबारे कुनै उल्लेख भएको छैन।

Comments

KATHMANDU WEATHER