Byroad News

Loading...

पुसमा माओवादीको राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव


पुसमा माओवादीको राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं/३० साउन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राष्ट्रिय सम्मेलन आउँदो पुस दोस्रो हप्ता गर्ने प्रस्ताव गर्नु भएको छ ।

माओवादी केन्द्रको शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले यस्तो प्रस्ताव गर्नु भएको हो ।

प्रचण्डले आउँदो पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नु भएको छ । प्रचण्डले भदौ मसान्तभित्र पार्टी सदस्यता नविकरण तथा वितरण अभियान चलाउने उल्लेख गर्नु भएको छ ।

यस्तै अशोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रस्ताव गरेको जनाइएको छ ।

Comments

KATHMANDU WEATHER