Byroad News

Loading...

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा


कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं/२९ साउन
नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गर्नु भएको छ ।

शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गर्नु भएको हो । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वत: महाधिवेशनमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उहाँहरुले असन्तुष्टि जनाएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताउनु भयो ।

उहाँहरुले कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको भन्‍दै राजीनामा गर्नु भएको हो ।

विधानले सबै तहको समान व्यवस्था गर्ने गरी व्याख्या गर्नुपर्ने माग गरिएको छ । केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरू, महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभापति, गाउँ-नगर/पालिका सभापति, वडा सभापति समेत सबै तहका समितिहरूका पदाधिकारी, सदस्यहरूलाई आ–आफ्नो तहमा उम्मेदवार हुन एक अवधिको लागि स्वत: प्रतिनिधि बन्न पाउने व्यवस्था गर्न पनि माग गरिएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी छ । संयुक्त राजीनामा घोषणा गर्नु हुनेहरुमा नन्दनकुमार दत्त (सुनसरी),कुमार खड्का (कास्की), बालकृष्ण पाण्डेय (नेजस भारत), आनन्द (गोरख) विष्ट (नेजस अमेरिका), नरेन्द्रकुमार चौधरी (सुनसरी), हसन अन्सारी (मोरङ), किरणराज शर्मा पौडेल (बाग्लुङ), रमा कोइराला पौडेल (सुनसरी), कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा) हुनुहुन्छ ।

यसैगरी, सुधीरकुमार शिवाकोटी (झापा),मनोहरनारायण श्रेष्ठ (धनकुटा), ध्रुव वाग्ले (तनहुँ), मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेक प्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लम्जुङ), जनकराज कलौनी (डडेल्धुरा), भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा), दिलीप राई, आशाराम चौधरी र राजेन्द्रबहादुर सिंह हुनुहुन्छ ।

Comments

KATHMANDU WEATHER