एजेन्सी/२९ साउन
बेलायतको प्याइमाउथमा भएको गोलीकाण्डमा आक्रमणकारी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेलायतको स्थानीय समयअनुसार साँझ ६ बजेर १० मिनेटमा किह्याम क्षेत्रमा गोलाबारीबारे प्रहरीले सूचना पाएका थिए । प्रहरीका अनुसार घटनामा मारिनेमा ३ महिला, २ पुरुष र एक सन्दिग्ध रहेका छन् ।
सबै जनाको गोली प्रहारबाट मृत्यु भएको बताएका छन् । प्याइमाउथ सटन र डेभोनपोर्टका सांसद लुक पोलार्डले मारिनेमध्ये एक १० वर्षभन्दा कम उमेरको बालिका रहेको बताएका छन् । डेभोन एन्ड कर्नवाल प्रहरीका अनुसार २ महिला र तीन पुरुषको घटनास्थलमा र एक महिलाको अस्पतालको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाकी प्रत्यक्षदर्शी शारोनका अनुसार बन्दुकधारीले एउटा घरको ढोकामा लात्तीले हिर्काएर अन्धाधुन्ध गोली बर्साएका थिए ।
घरमा गोली हानेपछि उनी कुद्दै नजिकैको पार्कमा रहेका थप व्यक्तिहरूलाई गोली हानेका थिए ।
-
20 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments