Byroad News

Loading...

तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ 


तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ 

काठमाडौं/२९ साउन
भक्तपुर नगरपालिका ७ भिमसेन स्थान जिङखेलस्थित सोही नगरपालिका ७ भेलुखेल बस्ने २९ वर्षीय सुजित देउलाको पुल हाउसमा तास खेलिरहेको अवस्थामा देउला लगायत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ८ सय ५० रुपियाँ  र १ बुक ताससहित पक्राउ गरेको हो ।
    
यसैगरी, कैलालीको गोदावरी नगरपालिका १ मनहरा बस्ने २५ वर्षीय गणेश मडैको पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय खडक खड्का लगायत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५४ हजार ७ सय ४० रुपियाँ र ७ गड्डी तास सहित पक्राउ गरेको हो ।

Comments

KATHMANDU WEATHER