Byroad News

Loading...

अवैध लागूऔषध सहित ५ जना पक्राउ 


अवैध लागूऔषध सहित ५ जना पक्राउ 

काठमाडौं/२९ साउन
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका १२ कपन मुस्कान चोकबाट लागूऔषध ३ सय ९९ थान डाइजेपाम, ३ सय ९० थान नुफिन, ४ सय थान फेनारगन र ९ सय चक्की नाइट्राभेटसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसांङ्खु गाउँपालिका ७ घर भएका ४२ वर्षीय बुद्ध गुरुङ र काठमाडौं कपन जोरधार बस्ने उदयपुर गढी गाउँपालिका ७ घर भएका ३० वर्षीय शिब कुमार गिरी रहेका छन् । 

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले बुद्धको कोठा जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 
    
यसैगरी, सर्लाही, कौडेना गाउँपालिका १ सुक्चैना बजारबाट १ किलो अवैध लागूऔषध गाँजा सहित कबिलासी नगरपालिका ७ सिरसिया बस्ने २४ वर्षीय पोष ठाकुर कबिलासीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी, बाँके नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट ६ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका ५ तुलसीपुर बजार बस्ने २६ वर्षीय जेनिस वली र सोही ठाउँ बस्ने २३ वर्षीय बिजय चौधरी रहेका छन् । 

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

Comments

KATHMANDU WEATHER