पर्सा/२९ साउन
चार वटा चोरीको मोटरसाइकलसहित वीरगञ्ज महानगरपालिका ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले चोरीको मोटरसाइकल बिक्री गर्ने मनसायले आफ्नै घर अगाडि जग्गामा लुकाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बा ४२ प ५२६३, ना १६ प ३३६७, ना १४ प ८४ नम्बर र ग १ प ७६९४ नम्बरको मोटरसाइकल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु माथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Featured News
-
20 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments