Byroad News

Loading...

पेस्तोल सहित ३ जना पक्राउ 


पेस्तोल सहित ३ जना पक्राउ 

पर्सा/२९ साउन
वीरगंज महानगरपालिका १५ ब्रह्मचोकबाट १ थान पेस्तोलसहित ३ जानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका १२ ठेगाना भएका ३५ वर्षीय अनिल साह, सुनसरी धरान उपमहानगरपालिका १५ ठेगाना भएका ३२ वर्षीय रवि पौडेल र पर्सा पकाहामैनपुर गाउँपालिका ७ ठेगाना भएका ४० वर्षीय विजय कुमार पटेल रहेका छन् ।  

सोही ठाउँस्थित एक होटलमा ३ जना व्यक्तिहरु सानो हतियार बेचविखन गर्ने उद्देश्यले बसिरहेका छन् भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । 
उनीहरुलाई हातहतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

Comments

KATHMANDU WEATHER