Byroad News

Loading...

घूस दिन खोज्‍ने मकवानपुरका स्यान्तान पक्राउ


घूस दिन खोज्‍ने मकवानपुरका स्यान्तान पक्राउ

कलंकी/२९ साउन
ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मकवानपुरका सवारी चालक पक्राउ परेका छन् । 

गएराति काठमाडौंको कलंकी चोकस्थित सडक खण्डमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार नकुल गिरीलाई घूस दिन खोज्‍ने मिनी ट्रक चालक मकवानपुर बस्ने वर्ष ४० को कप्तान स्यान्तानलाई पक्राउ गरिएको हो ।

साथमा कागजपत्र नभएको ना ३ ख ९८४३ नम्बरको मिनी ट्रकलाई कारबाही गर्न खोज्दा चालक स्यान्तानले ट्राफिक प्रहरीलाई ५ सय रुपियाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ।

Comments

KATHMANDU WEATHER