वीरगञ्ज/२९ साउन
पेस्तोलसहित वीरगञ्जबाट तीन जना युवक पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपलिका–१२ बस्ने ३५ वर्षका अनिल साह, धरान उप महानगरपालिका–१५ बस्ने ३२ वर्षका रवि पौडेल र पर्साको पकहा मैनपुर गाउँपालिका–७ बस्ने ४० वर्षका विजय कुमार पटेल पेस्ताेलसहित पक्राउ परेका हुन्।
वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकस्थित एक होटलमा सानो हतियार बेचविखन गर्ने उदेश्यले बसिरहेको अवस्थामा तीनै जनालाइ पक्राउ गरिएकाे पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये अनिल साहको साथबाट एक थान पेस्तोल बरामद गरिएको उहाँले बताउनु भयो ।
पक्राउ परेका तीनै जनालाई हात हतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताउनु भयो।
Featured News
-
20 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments