Byroad News

Loading...

आइतबारबाट हेटौंडाको मालपोत र नापी कार्यालय बन्द, थाहाको अधिकार कार्यालय प्रमुखहरुलाई


आइतबारबाट हेटौंडाको मालपोत र नापी कार्यालय बन्द, थाहाको अधिकार कार्यालय प्रमुखहरुलाई

थाहानगर/२९ साउन
मकवानपुरमा कोरोना संक्रमण बढ्नुको साथै जोखिम बढेको भन्दै आईतबार (साउन ३१ गते) बाट एक हप्ताको लागि मालपोत कार्यालय, हेटौंडा र नापी कार्यालय, हेटौंडा बन्द गरिने भएको छ ।

हेटौंडास्थित मालपोत कार्यालय भिडभाड बढेको र संक्रमणको जोखिम उच्च भएकोले आइतबारबाट एक हप्ताको उक्त कार्यालयहरु बन्द गर्न लागिएको जिल्ला प्रशाासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले बताउनु भयो ।

प्रजिअ पाण्डेका अनुसार मालपोत कार्यलयमा बढी भिडभाड भएको संक्रमणको जोखिम उच्च रहेकोले एक हप्ताको लागि कार्यलय बन्द गरिन लागेको हो । भिडभाड हुने सरकारी कार्यलयहरुको प्रमुखहरुलाई भिडभाड भएको खण्डमा प्रशासनलाई जानकारी दिएर कार्यलय बन्द गर्न सक्ने अधिकार दिइएको छ । 

प्रजिअ पाण्डेका अनुसार थाहास्थित मालपोत कार्यालय, शिखरकोट र नापी कार्यालय, शिखरकोट बन्द छैन् । उहाँले थाहास्थित मालपात र नापी कार्यलयमा भिडभाड बढेको र संक्रमणको जोखिम भएको अवस्थामा कार्यलय प्रमुखहरुले केहिदिनको लागि कार्यलय बन्द गर्न सक्ने अधिकार रहेको बताउनु भयो ।

यसैगरि प्रजिअ पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि आलोपालोमा सेवा प्रवाह गर्ने बताउनु भयो।

जिल्लामा संक्रमण बढेको र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कार्यलयमा भिडभाडको साथै संक्रमण बढ्न नदिन नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी सेवा आलोपालो प्रवाह गर्न लागिएको बताउनु भयो । उहाँले प्रशासनले एक हप्ता नयाँ नागरिकता र अर्को हप्ता प्रतिलिपि नागरिकता र राहदानी सेवा प्रवाह गर्ने बताउनु भयो ।

प्रशासनले जारी निषेधाज्ञामा अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा,मासु, तरकारी, फलफुल, दुध, पानी अण्डा पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म खोल्न पाईने र गरैखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १२ बजेदेखि बेलुका ४ बजेसम्म संचालन गर्न दिएको छ ।

जिल्लामा पछिल्लो ३ महिनादेखि निषेधाज्ञा जारी रहेको छ । यहाँ पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आउँदो साउन ३२ गतेसम्म रहेको छ । प्रशासनले गएको सोमबारबाट निजी तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली, निषेधाज्ञाको अवज्ञा गर्ने पसलहरुलाई जरिवाना लगाउँदै निषेधाज्ञालाई कडाई गरिरहेको छ ।

जिल्लामा हालसम्म १४ हजार १ सय ६१ जनामा कोरोना पुष्टि हुँदा १३ हजार ११ जनाले कोरोना जितिसकेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा हाल ९ सय ५३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ९ सय ५ जना आफ्नै घरमा र ४८ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ५३ जनाको मृत्यु भईसकेको छ ।

Comments

KATHMANDU WEATHER