Byroad News

Loading...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए शपथ, ७ सदस्यीय मन्त्रीपरिषद गठन


लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए शपथ, ७ सदस्यीय मन्त्रीपरिषद गठन

वुटवल/२८ साउन
लुम्बिनी प्रदेशको मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराउनु भएको छ । 

बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको थियो । सोही अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले ४२ सांसदको समर्थनसहित केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो ।

उहाँले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्नु भएको छ ।  जसमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बन्नु भएको छ ।

चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बन्नु भएको छ भने अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।

Comments

KATHMANDU WEATHER