एजेन्सी/२८ साउन
अस्ट्रेलियाको राजधानी क्यान्बेरामा एक सातासम्म लकडाउन हुने भएको छ । वर्ष दिनभन्दा लामो समयपछि एकजना संक्रमित भेटिएसँगै स्थानीय समयअनुसार साँझ ५ बजेबाट लकडाउन गर्न लागिएको हो ।
संक्रमितमा कसरी कोरोना भेटियो भन्ने विषयमा अधिकारीहरु स्पष्ट हुन नसकेका कारण शहरको पुरै इलाकामा लकडाउन गरिएको हो ।
लकडाउन अवधिमा मानिसहरु अत्यावश्यक कारणबाहेक घरबाहिर निस्कन पाउने छैनन् । लकडाउन हुने तय भएसँगै सुपर मार्केटहरुमा किनमेल गर्ने मानिसको भीड बढेको छ ।
अष्ट्रेलियामा पछिल्लो समय अति संक्रामक डेल्टा भेरियन्ट फैलनसक्ने त्रास छ । यहाँका दुईवटा शहर सिड्नी र मेलवर्नमा यो भेरिएन्ट फैलिसकेको छ, यी शहरहरु कडा लकडाउनमा छन् ।
Featured News
-
20 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments