Byroad News

Loading...

काठमाडौं उपत्यकामा आजदेखि राति आठ बजेपछि अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन निषेध


काठमाडौं उपत्यकामा आजदेखि राति आठ बजेपछि अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन निषेध

काठमाडौं/२८ साउन
काठमाडौं उपत्यकामा आजदेखि राति आठ बजेपछि निजी वा सार्वजनिक सवारीसाधन चलाउन निषेध गरिएको छ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने आदेश जारी भएको छ।

सो आदेश प्रजिअहरूले गत मंगलबार नै जारी गरेका थिए। उपत्यकामा बिहीबारदेखि भदौ ८ गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याइएको छ।

यो अवधिभर राति आठ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन पाइने छैन।

रातिको समयमा होटल/रेष्टुरेन्टहरूमा भीडभाड बढेको भन्दै यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले पनि आदेश अनुसार नै तयारी भइरहेको बताउनु भएको छ ।   

Comments

KATHMANDU WEATHER