थाहानगर/२८ साउन
आज अगष्ट १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवश । नेपाललगायत विश्वमा अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ ।
नेपालमा पनि यो वर्ष ‘खाद्य प्रणालीमा रुपान्तरण: मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागिएको छ ।
सरोकारवालाले बर्सेनी यो दिवश मनाए पनि युवाका मुद्दा कार्यान्वयनमा भने समस्या देखिएको छ । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवशका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवशका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवश मनाउन थालिएको हो । नेपालमा पनि युवा दिवश मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् ।
युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ सालमा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको पाइन्छ ।
यसैगरी देशमा कुल जनसङ्ख्याका ४०.३ प्रतिशत रहेको युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितताको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यले सरकारले पहिलो पटक युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरेको हो ।
प्रदेश, जिल्ला र पालिकामा पनि युवाका लागि विभिन्न संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवा लक्षित धेरै कार्यक्रम सरकारले ल्याए पनि युवाको क्षमता विकासमा प्रभावकारी रुपमा काम गर्न नसकिएको बताउनुभयो ।
उहाँले युवा क्षेत्रमा धेरै नीति र संरचना बनेपनि उनीहरुको क्षमता अभिवृद्धिका लागि सरकारले प्रभावकारी रुपमा काम गर्न अझै नसकेको बताउनुभयो ।
युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ सालमा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ ले युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ ।
दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्ट्रिय परिषद्ले एक हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
सरकारले नेपाली युवालाई स्वदेशमा नै उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले २०७५ सालमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्यायो तर त्यस कार्यविधि पूर्णरूपमा लागू नहुँदा हजारौँ युवा बैंकबाट सहजै कर्जा पाउन नसक्दा स्वरोजगार बन्न सकेका छैनन् ।
सरकारले ल्याएको १५ औँ पञ्चवर्षीय योजना ‘युवाको जागर समृद्धिको आधार’ भन्ने मूल नाराका साथ युवालाई देशको समृद्धिसँग जोडेको छ । युवा रोजगार प्रधानमन्त्री कार्यक्रम, युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार सचिवालयको गठन जस्ता कार्यक्रम ल्याइएका छन् ।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार वार्षिक पाँच लाख ३८ हजार विदेश जाने युवामा अहिले तीन लाख २३ हजारमा झरेको छ । यसबाट पनि नेपालमा नै युवा केही न केही रोजगारीतिर लागेको देखिन्छ । यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारणले दिवश भर्चुअल रूपमा मनाउन थालिएको हो ।
-
20 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments