Byroad News

Loading...

कोरोनाविरुद्द चेली समाजद्वारा सडक नाटक प्रदर्शन


कोरोनाविरुद्द चेली समाजद्वारा सडक नाटक प्रदर्शन

थाहानगर/२७ साउन
थाहानगरको दामन चेली समाजले २७ साउनमा थाहानगरको विभिन पाँच स्थानमा कोरोनाविरुद्ध सडक नाटक प्रदर्शन गरेको छ । 

थाहा नगरपालिकाको आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय पालुङको समुदाय–प्रहरी अभियानसँग सहकार्यमा दामन चेली समाजले एकै दिन नगरको घर्तिखोला, शिखरकोट, थानाबजार, कुन्छाल र सरस्वती बजारमा कोरोनाविरुद्ध सडक नाटक प्रदर्शन गरेको हो । 

सडक नाटकमार्फत् कोरोनाका विविध पक्षका बारेमा जानकारी दिँदै यसबाट कसरी बच्न र बचाउन सकिन्छ भन्ने सन्देश दिइएको थियो । नाटकमा थाहा कला केन्द्रका कलाकारहरुले अभिनय गरेका थिए । सो क्रममा मास्क नलगाएको अवस्थामा भेटिएका व्यक्तिहरुलाई करिब पाँच सय मास्कसमेत वितरण गरिएको थियो । 

सडक नाटक प्रदर्शन कार्यक्रममा दामन चेली समाजका संस्थापक अध्यक्ष उर्मिला भट्ट, निवर्तमान अध्यक्ष रिता कार्की, वर्तमान कार्यसमितिका पदाधिकारीहरु जयन्ती रायमाझी, राधिका रायमाझी, सकुन्तला गोपाली, शान्ता रायमाझी, मेनु कार्की, राममाया केसी, कविता कार्की, सुशिला विष्ट लगायतको सहभागिता रहेको थियो । 

Comments

KATHMANDU WEATHER