थाहानगर/२६ साउन
मकवानपुर प्रहरीले आज मङ्गलबार पनि बिना मास्क हिडेका १२३ जना र तोकिए बाहेकको समयमा पसल खोलेका १० जना व्यवसायीलाई कार्वाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मास्क बिना हिडेका १२३ जनालाई जनही १ सय रुपियाँ जरिवाना गरेको छ । यसैगरि तोकिएको समय भन्दा बाहेकको समयमा पसल खोलेका १० जनालाई जिल्ला प्रशासन कार्यालयमा बुझाइएको र उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले जनही ३ हजार रुपियाँका दरले जरिवाना गरेको छ ।
यसैगरी मकवानपुर प्रहरीले आज जिल्लाभर ८९९ वटा मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Featured News
-
20 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments