Byroad News

Loading...

काठमाडौंमा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने


काठमाडौंमा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाडौं/२६ साउन
उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै बेला चल्न पाउने बताइएको छ । 

थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।

Comments

KATHMANDU WEATHER