काठमाडौं/२६ साउन
सिंगापुर पठाइदिन्छु भन्दै दुई करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ४ का ३९ वर्षीय दीपबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
रकम लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
धादिङ थाक्रे गाउँपालिका ८ का ४२ वर्षीय निमा लामाले काठमाडौं महानगरपालिका ५ हाडीगाउँमा संचालन गरेको कन्सलटेन्सीबाट करिब ७८ जनाबाट सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेसलगायतका लागि भन्दै रकम असुलेको आरोप छ ।
ठगीमा संलग्न कम्पनीका संचालकसहित अन्य चार जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
Featured News
-
19 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments