काठमाडौं/२६ साउन
काठमाडौं, दक्षिणकाली नगरपालिका ५ फर्पिङ चोकबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थसहित मकवानपुर बज्रबाराहीका एक सहित देशका विभिन्न स्थानबाट मानिसहरु पक्राउ परेका छन् ।
बज्रबाराही बस्ने २५ वर्षीय अजित अधिकारी सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३४ प ५३३४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक अजित समेत २ जनालाई पक्राउ गरेको हो ।
यसैगरी, मोरङ, सुन्दरहरैचा नगरपालिका ७ बाट ७ केजी ९ सय ८४ ग्राम अवैध लागूऔषध गाँजासहित सोही नगरपालिका ५ डेरा गरी बस्ने धनकुटा शहिदभूमी गाउँपालिका ५ घर भएका २४ वर्षीय ईमान राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को १ ह ७९८५ नम्बरको सिटी सफारीलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।
यसैगरी, जाजरकोट, भेरी नगरपालिका ४ शान्ती चौताराबाट १ किलो अवैध लागूऔषध चरेश, ४५ हजार ५ सय भारतीय रपियाँ, ५ हजार नेपाली रुपियाँ र १ थान मोवाइल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३१ वर्षीय मुस्ताबिन अहमद र बाँके नेपालगंज उपमहानगरपालिका ११ बस्ने २० वर्षीय उबेद खान रहेका छन् । भे १ ज ९०७ नम्बरको बोलेरोलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी, मकवानपुर, हेटौंडा १० भुटानदेवी मोडबाट ५ हजार ४ सय पिस नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याब्लेट सहित ईन्द्रसरोवर गाउँपालिका ३ महादेवस्थान बस्ने २० वर्षीय मनिष ठकुरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्र ०२—०२२ प ३७२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक ठकुरीलाई पक्राउ गरेको हो ।
यसैगरी, सुनसरी, ईनरुवा नगरपालिका ४ बाट १ सय ३० ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका १४ बस्ने २० वर्षीय अमोद कुमार यादव समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बा १४ च ६१४५ नम्बरको कारलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त पदार्थ फेला पारी कारमा सवार यादव समेत ५ जनालाई पक्राउ गरेको हो ।
तस्वीर: ईन्द्रसरोवर गाउँपालिका ३ महादेवस्थान बस्ने २० वर्षीय मनिष ठकुरी
-
19 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments