Byroad News

Loading...

तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने पौडेल समूहको निष्कर्ष


तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने पौडेल समूहको निष्कर्ष

काठमाडौं/२५ साउन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

भदौ १६–१९ सम्म तोकिएको महाधिवेशन नहुने चर्चाकाबीच पौडेल समूहले प्रक्रिया टुंग्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने निर्णय गरेको हो ।

महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षीय केन्द्रीय समिति बैठकले तोकिएको समयमै नियमित महाधिवेशन हुनुपर्ने निर्णय गरेको नेता गुरु घिमिरेले बताउनु भयो । बैठकमा प्रक्रिया छोट्याएरै भएपनि तोकिएको मितिमै महाधिवेशन गर्नु पर्ने विषयमा छलफल भएको छ ।

पौडेल समूहले क्रियाशील सदस्यता टुंगो लगाएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउनुपर्नेमा जोड दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले साउन २८ गते केन्द्रीय समिति बैठक बोलाउनु भएको छ । महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । पौडेल समूहले केन्द्रीय समिति बैठक अघि नै क्रियाशील सदस्यता टुंग्याउनुपर्ने जनाएको छ ।

Comments

KATHMANDU WEATHER