Byroad News

Loading...

अवैध चाँदीको गरगहना, मोटरसाईकलसहित दुईजना पक्राउ


अवैध चाँदीको गरगहना, मोटरसाईकलसहित दुईजना पक्राउ

हेटौंडा/२५ साउन
मकवानपुर प्रहरीले सोमबार अपरान्ह अवैध चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । 

हेटौंडा १५ रातोमाटेस्थित सडकखण्डमा सवारी साधानहरु रोकी चेक जाँच गर्ने क्रममा प्रदेश २—०३—००४ प २५६ नं. को मोटरसाईकल चालक जिल्ला चितवन माडी नपा वडा नं. ६ बस्ने वर्ष २३ को सागर सुनार र सोही मोटरसाइकलको पछाडि सवार रहेका जिल्ला मकवानपुर हेटौडा वडा नं. ३ घर भई हाल भरतपुर वडा नं. २२ बस्ने वर्ष ३५ को शम्भु घतानेको साथबाट अवैध चाँदीका गहनाहरु बरामद गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट तयारी बाला ८० थान, गणेश बाला १६ थान, बागमुखे बालाको टुक्रा ८ थान, पञ्चरत्न बाला ३७ थान गरी जम्मा ५११ ग्राम ९५० मिलि ग्राम चाँदी फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।  निजहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको छ ।

Comments

KATHMANDU WEATHER