काठमाडौं/२५ साउन
काठमाडौं महानगरपालिका १६ रायमाझी टोल डेरा गरी बस्ने भारतीय नागरिक २४ बर्षीय रमेश कुमार चौधरीलाई करिब १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी, पर्सा, बहुदरमाई नगरपालिका ९ विश्रामपुर बस्ने ३५ वर्षीय असगर देवान भन्ने नयमुद्दीन देवानको घरबाट करिब ३४ केजी अवैध लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । उनको घरमा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा घरमा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
Featured News
-
19 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments