पर्सा/२५ साउन
जगरनाथपुर गाउँपालिका २ स्थित सडकबाट १४ ग्राम ४ सय मिलिग्राम सुन जस्तो देखिने धातुबाट बनेको तयारी गहना र १ किलो ९ सय ७० ग्राम चाँदीको जस्तो देखिने धातुबाट बनेको तयारी गहनासहित सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार सोनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट अवैध रुपमा सुन तथा चाँदीका गहनाहरु ल्याउँदै गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले शंकास्पद रूपमा पैदल हिँडिरहेका उनलाई जाँच गर्दा झोलाभित्र लुकाई ल्याएको सुन र चाँदीको जस्तो देखिने उक्त धातुसहित पक्राउ गरेको हो ।
Featured News
-
19 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments